सिलगढी (निसं): मुख्यमन्त्री ममता ब्यानर्जी आउँदो 6 दिसम्बर खरसाङ आउने भएकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जी कुनै सरकारी अथवा राजनैतिक कार्यक्रममा नभएर पारिवारिक शुभकार्यमा खरसाङ आउने भएको जान्नमा आएको छ। मुख्यमन्त्री ममतासित तिनको सांसद भदै अभिषेक ब्यानर्जी पनि खरसाङ आउने छन्। सम्बन्धित सूत्र मार्फत थाहा लागे अनुसार ममता ब्यानर्जीका भाइ कार्तिक ब्यानर्जीका छोरा आवेशसँग खरसाङकी वासिन्दा दीक्षा कटुवाल छेत्रीको बिहे हुने भएको छ। त्यसै बिहेमा अंश ग्रहण गर्न ममता ब्यानर्जी खरसाङ आउने छिन्। मुख्यमन्त्रीका भदै आवेश र दीक्षा दुवै पेशाले डाक्टर हुन्। आवेश र दीक्षाको बिहे धेरै अगावै ठीक भएको हो। यसभन्दा अगाडि दार्जीलिङ भ्रमणमा आउँदा मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़सँग तिनको पारिवारक सम्बन्ध स्थापित हुने सङ्केत दिइसकेकी थिइन्। अर्कोतिर, खरसाङ आउँदा मुख्यमन्त्रीले 7 र 8 दिसम्बरको दिन सिलगढीमा प्रशासनिक बैठक पनि गर्ने भएको अपुष्ट जानकारी प्राप्त भएको छ।