मुख्यमन्त्री पीएस गोलेद्वारा सिक्किम दार्जिलिङ विलयको मुद्दालाई खण्डन

गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले गोर्खा राष्ट्रिय काङ्ग्रेसको सिक्किम दार्जिलिङ विलयको मुद्दालाई स्पष्ट रुपले आज पत्रकारहरू सामु खण्डन गरेका छन्। गोलेले आज पत्रकारहरूलाई सम्बोधन गर्दै स्पष्ट रूपमा भने, गोर्खा राष्ट्रिय काङ्ग्रेसले पहिलेदेखि नै यो मुद्दा उठाएको हो तर हामी यसलाई मान्दैनौं अनि पूर्ण रुपले यसको खण्डन गर्छौं । यस मुद्दामा पार्टीको जे अडान छ, सिक्किम सरकारको पनि त्यही अडान रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *