मुख्यमन्त्री पीएस गोलेद्वारा सिक्किमका पत्रकारहरूका लागि 17 सिटको ट्याभलर वाहन प्रदान

गान्तोक (निसं): सिक्किम सरकारले पत्रकारहरूको सुविधालाई ध्यानमा राखेर स्थापना दिवसको उपहारस्वरुप 17 सिटको ट्याभलर वाहन प्रदान गरेको छ। आज आफ्नो सरकारी आवास गान्तोक मिन्तोकगाङमा मुख्यमन्त्री प्रेम सिंह तामाङले प्रेस क्लबका अध्यक्ष शेखर खवासलाई वाहनको चाबी हस्तान्तरण गरे। गत 17 जुलाईको दिन प्रेस क्लब अफ् सिक्किमको 21औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा नै मुख्यमन्त्रीद्वारा प्रेस क्लबलाई वाहन प्रदान गर्ने कार्यक्रम थियो तर मुख्यमन्त्रीको व्यस्तताको कारण यो औपचारिकता आज पूरा गरिएको हो। उल्लेख गराइन्छ, 21औं स्थापना दिवसकै अवसरमा राज्य सरकारले प्रेस क्लब अफ् सिक्किमलाई चार तल्ले प्रेस भवनको मालिकाना अधिकार पनि प्रदान गरेको छ।


प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिका सदस्यहरू साथै केही वरिष्ट पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री तामाङले पत्रकारहरूको हित र कल्याणका निम्ति राज्य सरकार सदैव तत्पर रहेको बताए। तिनले भने, “हामी सरकारमा आएदेखि नै राज्यका पत्रकारहरू र पत्रकारिताको हितमा काम गरिरहेका छौं र आगामी दिनमा पनि गर्नेछौं। भेटघाटको क्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष शेखर खवासले पत्रकारहरूको पक्षमा थप केही मागहरू राखे जसलाई पूरा गरिदिने मुख्यमन्त्रीले वचन दिएका छन्। सिक्किमेली पत्रकारहरूको एउटा पुरानो माग पेन्सन योजनालाई लिएर भने, मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई सरकारबाट वर्षेनी एक मुष्ठ धनराशि प्रदान गर्ने र क्लबले नै मापदण्ड तयार पारेर पेन्सन तथा अन्य कुनै रुपमा वरिष्ट पत्रकारहरूलाई आर्थिक सहयोग प्रदान गर्ने सुझाउ दिएका छन्। यसको निम्ति उनले क्लबलाई सरकार समक्ष एउटा प्रस्ताव बुझाउने निर्देश दिएका छन्। यसरी नै सरकारी विज्ञापन दर वृद्धिको मागलाई पनि पुरा गरिदिने उनले आश्वासन दिएका छन्।


पत्रकारहरूसितको लगभग आधा घण्टाको कुराकानीमा आफ्नो सरकारले राज्यमा कार्यरत पत्रकारहरूमा बाहिरको र भित्रको भनेर कहिल्यै नछुट्याउने गरेको मुख्यमन्त्री तामाङले बताए। हाम्रो निम्ति राज्यमा कार्यरत सब्जेक्ट (सिक्किम सब्जेक्ट तथा सीओआइ) भएका अनि नभएका पत्रकारहरू सबै समान हुन्। सरकारले सबै पत्रकारलाई समान नजरले हेर्ने गरेको छ”, तिनले भने। उल्लेखनीय छ, राज्यमा करिब-करिब समान सङ्ख्यामा राज्य भित्रका र बाहिरका पत्रकाहरू विभिन्न प्रिन्ट, इलेक्ट्रोनिक्स तथा डिजिटल मिडीयमा कार्यरत छन्।

यसै असरमा मुख्यमन्त्री तामाङले यस वर्षको कञ्चनजङ्घा कलम पुरस्कार विजेता पत्रकार राजेन्द्र प्रधान, लगनशील युवा पत्रकार पुरस्कार विजेता सुश्री इजाबेला गुरुङ र वरिष्ट पत्रकार सम्मानले सम्मानित श्रीमती राधा प्रधानलाई पनि खादा लगाएर बधाई एवं शुभकामना व्यक्त गरे। अर्कोतिर, यसरी पत्रकारहरूको हितलाई ध्यानमा राखेर पत्रकार भवन र वाहन प्रदान गरेकोमा प्रेस क्लब अफ् सिक्किमले मुख्यमन्त्री प्रेम सिंह तामाङ र राज्य सरकारलाई धन्यवाद दिँदै आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş