मुख्यमन्त्री पीएस गोलेलाई भेटे लिम्बू-तामाङ समुदायका प्रतिनिधि टोलीले

गान्तोक (निसं): सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई आज तिनकै सरकारी निवास मिन्तोकगाङमा राज्यका लिम्बू-तामाङ समुदायका प्रतिनिधिहरूले भेट गरे। यस भेट अवधि पूर्व मन्त्री आरबी सुब्बा, लिम्बू-तामाङ समुदायका अध्यक्षगण, सल्लाहकारगण, सिक्किम विधानसभामा लिम्बू तामाङको आसन आरक्षणका कार्यकारी सदस्यहरू, सिक्किम तामाङ बौद्ध संघ अनि सिक्किम याक्थुङ सपसोक सोङझुम्बोका प्रतिनिधिहरू उपस्थित थिए। यस भेट अवधि सिक्किम विधानसभामा लिम्बू-तामाङ समुदायको निम्ति आसन आरक्षणको मामिलामा गहन चर्चा-परिचर्चा गरिएको बताइएको छ। राज्य सरकारले आगामी दिनमा यी समुदायका मानिसहरूको आकांक्षालाई केन्द्र सरकारसमक्ष सुम्पिने र मामिलाको समाधान गर्नेबारे मुख्यमन्त्री गोलेले आश्वस्त गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş