नाबालिग छात्रा हत्या काण्ड: आरोपीलाई अदालतमा पेश गरेपछि पठाइयो सिलगढीको संशोधनागरमा

सिलगढी (निसं): सिलगढीको मतिगढामा नाबालिग छात्राको हत्या गरेको आरोपमा पक्रा परेका आरोपी मोहम्मद अब्बासलाई 4 दिनको पुलिस हिरासत पछि आज फेरि कठोर सुरक्षा व्यवस्थाबीच सिलगढी अदालतमा पेश गऱ्यो । यस अवसरमा अदालत परिसरमा मुखमा कालो पट्टी बाँधेर भेला भएका जस्टिस फर अभाय समुह लगायत शिक्षक-शिक्षिकाहरू साथै विभिन्न संघ-संस्थाका प्रतिनिधिगणले आरोपी अब्बासलाई चाँडो भन्दा चाँडो फाँसीको सजाय हुनु पर्ने मांग गरे। जबसम्म पीडित परिवारले उचित न्याय पाउँदैन तबसम्म आफुहरू न्यायको निम्ति अघि खडा हुने तिनीहरूले बताए। अर्कोतिर, आज पक्रा परेका आरोपी अब्बासलाई अदालतमा पेश गरेपछि आजदेखि तिनलाई सिलगढीको बाग्राकोर्ट संशोधानगरमा पठाइएको छ। यसभन्दा अघि आरोपीले आफुले गर्न नहुने काम गरेको, यसको लागि जे सजाय दिए पनि आफु तयार रहेको तर त्यसभन्दा अघि एकपल्ट आफ्नो आमा-बाबालाई भेट्ने ईच्छा रहेको कुरा तिनले अनाधिकारिक रूपमा बताइएको जान्नमा आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş