सिलगढी : आगामी 19 जनवरीमा उत्तर बङ्गाल विश्वविद्यालयमा जी-20 का कन्भेनर हर्षवर्धन श्रृङ्लाको सेमिनारको आयोजना गरिने भएको छ। उक्त सेमिनारलाई केन्द्र गरेर आज तर्क-वितर्क शुरू भएको छ। आज तृणमूल छात्र परिषद्ले उक्त सेमिनारको विरोधमा विक्षोभ प्रदर्शन गर्यो। यस दिन तृणमूल छात्र परिषदले उत्तर बङ्गाल विश्वविद्यालयका उपकुलपतिमाथि राजनीतिक पक्षपातको आरोप लगाउँदै रजिस्ट्रारको कार्यालय अघि विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढायो। तृणमूल छात्र परिषदका इन्चार्ज मिठुन वैश्यको आरोप अनुसार आगामी 19 जनवरीको दिन उत्तर बङ्गाल विश्वविद्यालयमा हर्षवर्धन श्रृङ्लाको सेमिनारको आयोजना गरिने भएको छ। यो सेमिनार भाजपाको इसारा तथा राज्यपालको आदेशमा भएको आरोप लगाउँदै तिनले यो सेमिनार कुनै हालतमा हुन नदिने बताए। भाजपाको षड्यन्त्र विरुद्ध तृणमूल छात्र परिषदले लड्ने तिनले चेताउनी दिएका छन्। अर्कोतिर, उत्तरबंग विश्वविद्यालयका रेजिस्ट्रार स्वपन कुमार रक्षितले भने, उप कुलपतिको निर्देशमा उक्त सेमिनारको आयोजना गरिएको हो। तृणमूल छात्र परिषदको अभियोगबारे उप कुलपतिलाई जनाउनेछु।