सुकेपोखरी: ठगीको आरोपमा नेपालका एकजना नकली कर्णललाई सुकेपोखरी थानाले पक्राउ गरेपछि दार्जिलिङ अदालतमा पेश गरियो भने अदालतले तिनलाई 14 दिनको पुलिस रिमान्डमा पठाइएको छ। सुकेपोखरी थाना, सेनाको गुप्तचार विभाग अनि एसएसबीको संयुक्त प्रयासमा बिहिबार भारत- नेपाल सीमा क्षेत्रको पशुपति फाटकबाट ठगीको आरोपमा नकली कर्णल मन बहादुर गुरूङलाई पक्राउ गरेको बताइएको छ। नेपाल निवासी भोजबहादुर गुरूङका छोरा मनबहादुर गुरूङ हाल सत्यजीत नगर सिलगढीमा बस्दै आइरहेको पुलिस सूत्रले जनाएको छ।
तिनले आफुलाई भारतीय कर्णल बताउँदै धैरैजना बेरोजगार युवाहरूलाई भारतीय सैन्यमा नोकरी लगाइदिने आश्वासन दिएर मोटो रकम ठगेको आरोप रहेको छ। ठगिएका व्याक्तिहरूको आरोपको आधारमा मनबहादुर गुरूङको गतिविधिमाथि गुप्तचर विभागले गत दुई महिनादेखि नजर राखिरहेको थियो भने अन्तमा हिजो बिहिबार तिनलाई पक्राउ गरेको पुलिस सूत्रले जनाएको छ।