मिरिक (निसं): मिरिक बस्तीको सामाजिक संस्था न्यू होप-का सदस्यहरूले आफ्नो गाँउलाई आफै सफा राखौ भन्ने नाराको साथमा आज आइतबार व्यापक सर-सफाई अभियान चलाए। यस अवसरमा न्यू होप संगठनका सदस्यहरूले स्थानीय सडक लगायत नाला,झोडा लगायत सार्वजनिक स्थलहरूको पनि साफ-सफाई गरे। पानीको मौसम अब शुरू भएकोले यहाँका नाला, झोडाहरू बन्द भएर समस्या उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर नै आज साफ- सफाई अभियान गरिएको न्यू होप समाजिक संस्थाका पदाधिकारीहरूले जानकारी गराएका छन्।
आजको सफाई अभियान अवधि फालिएको मैला-फोहोर अनि प्लास्टिकहरूलाई संग्रह गरेर सुरक्षित स्थानमा तह लगाउँने कार्य गरिएको जानकारी गराएका छन्। यसको साथै यस्ता सफाई कार्य संस्थाको पक्षबाट लगातार जारी राखेर आफ्नो क्षेत्रलाई सँधैं सफा राख्ने कुरा संस्थाका पदाधिकारीहरूले बताएका छन्।