खरसाङ (निसं): एनएच 55 अन्तर्गत तीनधारे, महानदी, गिध्दे क्षेत्रमा धेरै वर्षपछि आज व्यापक रूपमा जामको समस्या देखा परेको देखियो। विशेष गरेर अखिल भारतीय तृणमूल कङ्ग्रेसको राष्ट्रिय महासचिव साथै सांसद अभिषेक ब्यानर्जीको आज खरसाङ आगमनलाई लिएर रोहिणी रोडबाट अगमन गर्ने गाडीहरू सबै डाईभट गरेर एनएच 55 बाट कुदाइएको थियो।
यसले गर्दा सबै गाड़ीहरू एनएच 55 भएर कुदेपछि आज धेरै स्थानहरूमा जामको समस्या देखा परेको थियो। विशेष गरेर एनएच 55 को महानदीदेखि गिद्ध पहाडसम्मको क्षेत्रमा निक्कै जामको समस्या देखा परेको थियो। गिद्धे भ्यू पोइन्टदेखि जाम भएर गिद्ध पहाड़को विभिन्न क्षेत्रतिर जामको समस्या देखा परेको थियो। त्यसरी नै एनएच 55 अन्तर्गत तीनधारेमा पनि जामको समस्या व्यापक रूपमा देखा परेको थियो। विशेष गरेर तीनधारेको ग्रामीण ब्याङ्क मुनिपट्टिको क्षेत्रमा जामको समस्या व्यापक रूपमा देखा परेको थियो। सबै ठूल्ठूला र साना गाड़ीहरू एनएच 55 भएर कुदाइएकोले सबैतिर जामको समस्या देखा परेको थियो। रोहिणी रोड भएर सबै गाड़ीहरू कुदेपछि एनएच 55 खुल्ला हुने गर्दथ्यो भने आज सबै गाड़ीहरू एनएच 55 भएर कुदेपछि धेरै समयको अन्तरालपछि एनएच 55 मा आज जामको समस्या देखा परेको थियो।