निर्दलीय प्रार्थी दार्जिलिङबाट सुरज धड्कन, कालेबुङबाट सोङदेन लेप्चा

दार्जिलिङ : पहाडको तीनवटा विधानसभा आसनबाट विभिन्न राजनैतिक पार्टीका प्रार्थीहरूसँगै केही निर्दलीय उम्मेदवारहरू पनि यसपल्टको विधानसभा चुनाउमा खडा भएका छन्। यसै क्रममा विभिन्न आसनबाट निर्दलीय प्रार्थीहरूले पनि नामाङ्कन पत्र भरेर बुझाउने कार्य लगातार जारी रहेको देखिन्छ। दार्जिलिङ विधानसभा आसनबाट निर्दलीय प्रार्थीको रूपमा आज युवा सचेतक तथा कवि सुरज धड्कन गुरुङले पनि नामाङ्कन पत्र बुझाए।


अर्कोतिर, कालेबुङ विधानसभा आसनबाट पनि आज निर्दलीय प्रार्थीको रूपमा स्थानीय उम्मेद्वार सोङदेन लेप्चाले भरे नामाङ्कन पत्र।


Leave a Reply

Your email address will not be published. Required fields are marked *