सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका रङ्गबुल धोतरिया रंगमुक मुन्डा समष्टीका कन्भेनर राजेश चौहानले पार्टीबाट जीटीए चुनाउको लागि टिकट नपाएपछि राजीनामा दिएर निर्दलीय उम्मेद्वारका रूपमा नामाङ्कन भरेका थिए भने आजदेखि तिनले आफ्नो चुनाउ प्रचार पनि शुरू गरेका छन्। आज बिहानदेखि रङ्गबुलमा रहेको गुम्बा, मन्दिर अनि गिर्जाघरमा पुगेर आशीर्वाद लिएपछि स्वतन्त्र उम्मेदवार राजेश चौहानले आफ्नो समर्थकहरुलाई साथमा लिएर चुनाउ प्रचार अभियान शुरु गरे।
चुनावी अभियानको शुरूवातमा तिनले आज दागोपाप-का भूतपुर्व पार्षद एनबी प्रधान र भूतपूर्व सभासद रबिन्द्र लामाको घरमा पुगेर तिनीहरूबाट आशिर्वाद ग्रहण गर्नको साथै आउँदो जीटीए चुनाउमा सहयोगको निम्ति भोट आफ्नो पक्षमा दिने पनि आग्रह गरे।