निर्दलीय प्रार्थी सामदेन लामा हाम्रो पार्टी-मा सामेल, भोलि नामाङ्कन फिर्ता लिने

दार्जिलिङ: पहाडमा हाम्रो पार्टी-ले मात्र जनताको राज ल्याउन सक्छ भन्दै निर्दलीय उम्मेद्वार सामदेन लामा चुनावी मैदानबाट हट्दै आज हाम्रो पार्टी-को झण्डा ग्रहण गरे।  आगमी 26 जुनमा सम्पन्न हुने जीटीएको चुनाउमा तकदाह टिष्टा भ्याली समष्टिबाट सामदेन लामाले निर्दलीय उम्मेद्वारको रूपमा नामाङ्कन पत्र बुझाएका थिए। पहाडलाई भ्रष्टाचार मुक्त बनाउने अनि जनताको राज ल्याउने ठुलो सपना बोकेर तिनी जीटीए चुनाउमा एकजना निर्दलीय उम्मेद्वारको रूपमा खडा भएका थिए। तर तिनी एक्लो सिङगो व्यक्तिले मात्र पहाडलाई भ्रष्टाचार मुक्त बनाउन साथै जनताको राज ल्याउन असम्भाव रहेको सत्यतालाई बुझेर तिनले निर्दलीय उम्मेद्वारको नामाङ्कन फिर्ता लिने वचन दिँदै आज हाम्रो पार्टीको झण्डा समाएका हुन्। तकदाह टिष्टा भ्याली समष्टिको हाम्रो पार्टी-को नेतृत्वहरूले सामदेन लामालाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पे। हाम्रो पार्टीको झण्डा समाएपछि निर्दलीय उम्मेद्वार सामदेन लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, हाम्रो पार्टीले मात्र पहाडलाई भ्रष्टाचार मुक्त बनाउन अनि जनताको राज ल्याउन सक्छ भन्ने सत्यतालाई आफूले बुझे। आफू एकजना शिक्षक रहेकोले समाजलाई आफूहरूले जहिले पनि राम्रो मार्ग देखाउने कामहरू मात्र गर्दै आइरहेको लामाले बताए। पहाड अहिले भ्रष्टाचारको अखडा भएको देख्दा आफूले पहाडलाई भ्रष्टाचार मुक्त बनाउने साथै जनताको राज ल्याउने ठुलो सपना देखेर निर्दलीय प्रार्थीको रूपमा जीटीए चुनाउमा खडा भएको तिनले बताए। तर जुन दिन आफूले जीटीए चुनाउको निम्ति नामकङ्न पत्र बुझाए त्यसै दिनदेखि पहाडलाई भ्रष्टाचार मुक्त बनाउन साथै जनताको राज ल्याउन असम्भाव रहेको कुरा बुझेको लामाले बताए। पहाडलाई भ्रष्टाचार मुक्त गर्न साथै पहाडमा जनताको राज केवल हाम्रो पार्टी-ले मात्र ल्याउन सक्ने सत्यता आफूले बुझेर नै आज हाम्रो पार्टी-मा सामेल भएको लामाले बताए। आफ्नो सोच र हाम्रो पार्टी-को सोच एउटै रहेको हुनाले आफू हाम्रो पार्टीमा सामेल भएको हो भन्ने लामाले अझ दोहोर्‍याए। तिनले अझ भने, आजसम्म आफू कुनै पनि राजनैतिक दलसँग नरहेको तर पहाडलाई भ्रष्टाचार मुक्त बनाउन अनि जनताको राज ल्याउन आफू हाम्रो पार्टी-मा सामेल भएको हो। सामदेन लामाले आफ्नो नामाङ्कन पत्र भोलि सोमबार फिर्ता लिने भएको छ। सामदेन लामाले हाम्रो पार्टी-को उम्मेद्वारहरूको पक्षमा चुनावी प्रचार प्रसारमा पनि अंश ग्रहण गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş