गान्तोक : सिक्किमको प्रमुख पर्यटकस्थल उत्तर सिक्किमको लाचुङ र युमथाङ आगामी 1 दिसम्बरदेखि पर्यटनका लागि खोलिने भएको छ। स्मरण रहोस्, गत 4 अक्टोबरको टिस्टा त्रासदीले प्रभावित बनेको यस क्षेत्रमा भारतीय सेना र सीमा सडक संगठनले आवश्यक पुलको निर्माण गरेपछि लाचुङ र युमथाङ पर्यटनका लागि खोलिने मंगन जिल्ला प्रशासनले जानकारी दिएको छ। उक्त जानकारी अनुसार पर्यटकहरूको निम्ति केही आवश्यक नियमहरू लागू हुने बताइएको छ।