पत्रकार राजेन्द्र प्रधानलाई कञ्चनजङ्घा कलम पुरस्कार प्रदान गरिने

गान्तोक (निसं) : सिक्किम प्रेस क्लबले कञ्चनजङ्घा कलम पुरस्कार 2023 द्वारा पत्रकार राजेन्द्र प्रधानलाई पुरस्कृत गर्ने निर्णय लिएको छ। आगामी 17 जुलाईको दिन प्रेस क्लब अफ् सिक्किमको 21औं स्थापना दिवस समारोहको अवसरमा राजेन्द्र प्रधानलाई कञ्चनजङ्घा कलम पुरस्कार 2023 द्वारा पुरस्कृत गरिनेछ। सिलगढीबाट प्रकाशित हुने आज-भोलि समाचार पत्रबाट 1996 सालदेखि पत्रकारिता शुरु गरेका राजेन्द्र प्रधान वर्तमानमा गान्तोकबाट प्रकाशित हुने दैनिक हिमाली बेला दैनिक समाचार पत्रमा एसोसिएट एडिटर-का रूपमा कार्यरत छन्। तिनले लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा दिएको योगदानलाई कदर गर्दै प्रेस क्लब अफ् सिक्किमले कञ्चनजङ्घा कलम पुरस्कार 2023 ले अलङ्करण गर्ने निर्णय गरेको बताइएको छ।
यसैगरी, प्रेस क्लब अफ् सिक्किमले स्थापना दिवसको अवसरमा एकजना युवा पत्रकारलाई लगनशील युवा पत्रकार पुरस्कार प्रदान गर्ने चलन गत वर्षदेखि स्थापना गरेको थियो। यसैलाई निरन्तरता दिँदै लगनशील युवा पत्रकार पुरस्कार 2023 सिक्किम एक्सप्रेस अङ्ग्रेजी दैनिककी गान्तोक संवाददाता इसाबेला गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ। सिक्किमेली पत्रकारिता क्षेत्रमा दीर्घकालिन सेवा पुऱ्याउने व्यक्तित्वको सेवालाई ध्यानमा राखेर प्रेस क्लबले स्थापना दिवसको अवसरमा यस वर्ष वरिष्ठ नारी पत्रकार श्रीमती राधा प्रधानलाई सम्मान जनाउने निर्णय गरेको छ। 1980 देखि सिक्किम दर्शन नामक साप्ताहिक समाचार पत्र नियमित रूपमा प्रकाशित गर्दै आएकी राधा प्रधानलाई विशिष्ठ पत्रकार सेवा सम्मान दिइनेछ।
यस वाहेक, प्रेस क्लब अफ् सिक्किमले यस वर्षदेखि पत्रकारिता क्षेत्र वाहेक सिक्किमको विविध क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका दुईजना व्यक्तित्वलाई पनि स्थापना दिवसको अवसरमा सम्मान जनाउने निर्णय गरेको छ। यसै वर्षदेखि शुरु गरिने यो सम्मान सिक्किममा चेस खेलको विकास र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएका महेन्द्र ढकाल र पर्यावरण साथै वन्यजीव संरक्षण र फोहोर प्रवन्धनको क्षेत्रमा महत योगदान दिँदै आएकी प्रियदर्शनी श्रेष्ठलाई पनि पुरस्कृत गरिने भएको छ। सबै पुरस्कार र सम्मान गरिने व्यक्तित्वहरूको नाम प्रेस क्लब अफ् सिक्किमको आज सोमबार बसेको कार्यकारी समितिको बैठकमा निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş