फाँसीदेवामा सरकारी बसबाट 60 किलो गाँजा उद्धार, 3 जना पक्राउ

फाँसीदेवा (निसं): । घोषपुकुर आउट पोस्ट पुलिसले सरकारी बसबाट 60 किलो गाँजा उद्धार गरेको छ। उक्त मामिलामा तीन जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा दिनहाटाका उज्जवल शील, फालाकाटाका अमल बर्मन र मालदाका आत्मिक पाण्डे सामेल छन्।  


सूत्र अनुसार, बुधवार अबेर राती फाँसीदेवाको घोषपुकुर मोडस्थित राष्ट्रीय राजमार्गमा पुलिसले गोप्य सूचनाको आधारमा सिलगढीबाट कोलकाता गइरहेको एउटा सरकारी यात्री बसलाई रोकेर छानबिन गर्दा केबिनमा राखेको तीन वटा ट्रली ब्यागबाट लगभग 60 किलो गाँजा उद्धार गरेको छ। यसको अनुमानित बजार मूल्य लाखौं रूपियाँ रहेको बताइएको छ। उक्त गाँजा कूचबिहारबाट तस्करी गरेर कोलकाता लगिरहेको थियो। घटनामा पक्रा परेका तीन जना आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। फाँसीदेवाको घोषपुकुर आउट पोस्ट पुलिसले घटनाको विस्तृत जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş