प्रार्थी केशवराज पोख्रेलले गरे पुल बिजनबारी गोक समष्टि क्षेत्रमा चुनाउ प्रचार

बिजनबारी: गोजमुमो विनय खेमाका दार्जिलिङ आसनका प्रार्थी केशवराज पोख्रेल आफ्नो चुनावी प्रचारलाई निरन्तरता दिँदै आज पुल बिजनबारी गोक समष्टि आइपुगे। आज दिउँसो दार्जिलिङबाट दलबलको साथमा चुनाउ प्रचारमा निस्केका पोख्रेल टकभर हुँदै सिङला बजारबाट समष्टिको भ्रमण गर्दै स्थानीय मानिसहरूसित भलाकुसारी गरे। यसको साथै तिनले स्थानीय समर्थकहरूद्वारा आयोजित सभालाई सम्बोधन गर्दै भने, हामीले माटो बन्धक भएको थाहा पाएका थियौँ भने 2019 को चुनाउमा हाम्रो आवाज पनि बन्धकी भएको छ। यसको आँखा दिल्लीमा छ, आवाजको रिमोट दिल्लीमा छ आवाज बेचिएको छ त्यसैले आउँदो विधानसभा चुनाउमा भाजपालाई कुनै पनि हालतमा भोट हाल्नु हुँदैन।

पहाडको आवाजलाई स्वतन्त्र बनाउन यसपल्टको चुनाउमा नयाँ सोच तथा नयाँ विचारलाई मौका दिनुपर्ने प्रार्थी पोख्रेलले सबैसित आहवान गरे। विधानसभा चुनाउमा आफ्नो चुनाउ चिन्ह सिटी रहेको छ भन्दै यो चिन्ह पहाडमा ढाँटको राजनीति गर्नेहरूलाई सिटी बजाएर रेड कार्ड देखाउने तिनले बताए। यसपछि तिनी केराबारी गर्भेटार हुँदै गोर्खाल्यान्ड आन्दोलनमा शहीद बनेका बिमल शशाङ्करको परिवारका सदस्यहरूसित भेटघाट गरेर गोक बजार हुँदै कोलबुङ पुगे। यस अवसरमा युवा मोर्चा सभापति अमृत योञ्जन, समष्टि सभापति एसएम राई, सचिव दीपक तामाङ लगायत स्थानीय पार्टीका समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes