प्रतिबन्धित आतङ्कवादी संगठनका एकजना सदस्य सिलगढीबाट पक्राउ

सिलगढी (निसं): अरुणाचल प्रदेश पुलिसले प्रतिबन्धित आतङ्कवादी संगठनका एकजना सदस्यलाई सिलगढीबाट पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार अरुणाचल प्रदेश पुलिसले सिलगढीबाट प्रतिबन्धित आतंकवादी संगठनका सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति करीम खान हुन्। तिनी असमको तिनसुकियाका निवासी हुन्। प्राप्त जानकारी अनुसार प्रतिबन्धित संगठनका एकजना सदस्यले भर्खरै अरुणाचल प्रदेशका दुईजना वासिन्दालाई ठूलो रकम मागेको थियो अनि त्यसपछि तिनीहरूले प्रहरीमा उजुरी दिएका थिए। उजुरीको आधारमा पुलिसले तिनको मोबाइल फोन ट्र्याक गरेको थियो। आरोपी सिलगढीमा रहेको थाहा पाएपछि बुधबार राति अरुणाचल प्रदेशको पुलिसले सिलगढी प्रधाननगर थाना पुलिसको सहयोगमा सालबारी इलाकामा छापा मारेर करीम खानलाई पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş