सिलगढी (निसं): सिलगढीमा अटो चालकको रूपमा रहेर मादक पदार्थ तस्करी गरेको आरोपमा प्रधान नगर थाना पुलिसले गत राति एकजना युवकलाई पक्राउ गरेपछि आज अदालतमा पेश गऱ्यो। पुलिसले अटोको सिट मुनिबाट धेरै संख्यामा प्रतिबन्धित कफ सिरप पनि उद्धार गरेको छ। पक्रा परेका आरोपी समीर राहा हुन् भने तिनी चम्पासरीका वासिन्दा बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति समीर राहा आफ्नो अटोको सीट मुनि प्रतिबन्धित कफ सिरप लुकाएर तस्करी गर्नका लागि लगिरहेका थिए। यसबारे खबर पाउन साथ प्रधान नगर थानाको पुलिसले सर्किट हाउस 31 नम्बर राष्ट्रिय राजमार्ग नजिक अटोलाई रोकेर छानबिन गर्दा 50 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गर्नको साथै चालक समीर राहालाई मादक पदार्थ तस्करी गरेको आरोपमा पक्राउ गरेको छ। पुलिसले आज बिहिबार आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गऱ्यो।
North Bengal, Siliguri, Uncategorized
प्रतिबन्धित कफ सिरप सहित अटो चालक पक्राउ
07
Dec
Dec