पीटी ओलाको समर्थनमा नागरी फार्ममा चुनावी सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा तथा हिल तृणमूल कङ्ग्रेस नागरी धजे समष्टिको संयुक्त चुनावी सभा नागरी फार्म सार्वजनिक भवनमा आज सम्पन्न भयो। गोजमुमो केन्द्रिय महासचिव रोशन गिरी, युवा नेता दिपेन माले, हिल तृणमूल कङ्ग्रेस महकुमा अध्यक्ष एवम् जिल्ला समिति प्रवक्ता एनबी खवास, जोरबङलो सुकेपोखरी खण्ड समिति अध्यक्ष एसके राई आदिको विशिष्ट आतिथ्यमा सम्पन्न सभामा दुईवटै पार्टीको समष्टि नेतृत्वहरूको उपस्थिति रहेको थियो। उक्त सभालाई सम्बोधन गर्दै वक्ताहरूले आगामी विधानसभा चुनाउमा दार्जिलिङ विधानसभा आसनका प्रार्थी पीटी ओलालाई मतदान गरेर विपुल मतले विजय बनाउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *