रम्बी (निसं): रेलवे प्रोजेक्ट अन्तर्गत एबीसीआई-मा कार्यरत एकजना अधिकारीले आज रम्बीमा आत्महत्या गरेका छन्। राष्ट्रीय राजमार्ग 10 अन्तर्गत रम्फू सेभोक रेलवे परियोजनामा टनल 5 एबीसीआई कम्पनी-का एचआर पदमा कार्यरत अखिलेश कुमार झा ले आज बिहान आफु बसेको भाडाको घर रम्बी बजारमा आत्माहत्या गरेको पुलिस सूत्रले जनाएको छ।
मृतक झाको पार्थिव शरीरलाई रियाङ पुलिसले उद्धार गरेपछि पोस्टमार्टमको निम्ति कालेबुङ अस्पतालमा पठाइदिएको पुलिसले जानकारी दिएको छ। मृतक बिहारको दर्बङ्गा निवासी ईन्द्रकान्त झा-का छोरा रहेको थाहा लागेको छ।