राजेश चौहानलाई खरसाङको 17 नम्बर समष्टिबाट स्वतन्त्र प्रार्थीको रूपमा चुनाउमा उठाउने जनताको निर्णय

सोनादा : ‌ रङ्बुल घोतरिया रङ्गमुक सिडर्स मुण्डा 17 नम्बर समष्टिको आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा लोअर सिडर्स, अप्पर सिडर्स, रङ्गमुक, मुण्डा कोठीमुण्डा बाँसघारी, घोतरिया, कल्लेज भेल्ली 17 वटा बुथको सम्पूर्ण प्रतिनिधि तथा कार्यकर्ता उपस्थित थिए। ‌जीटीए चुनाउको लागि 17 नम्बर समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिले हालसम्म उम्मेद्वार नदिएकोले गर्दा नै आज महकुमा उपाध्यक्ष प्रमेश राईको सभापतित्वमा उक्त सभा सम्पन्न गरिएको हो। उक्त सभामा शेखर राई, नारी शक्तिको तर्फबाट बिनिता थामीसङ्गिता छेत्री, लक्ष्मण ठकुरीले आ-आफ्नो वक्तव्य राखे। यसै सभामा आज केन्द्रीय समितिको पक्षबाट अहिलेसम्म पनि जीटीए चुनाउको निम्ति उम्मेद्वार नदिएको खण्डमा यहाँको जनमानसले रुचाएको राजेश चौहानलाई निर्दलीय उम्मेद्वारको रूपमा चुनावी मैदानमा उतारेको हो। सभामा उपस्थित सबैले तिनलाई खदा लगाइदिएर अग्रिम शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş