रिम्बिक लोधोमा समष्टिमा बिमल खेमा मोर्चाको सभा

रिम्बिक: रिम्बिक लोधोमा समष्टि अन्तर्गत गुम्बाडाँडा बजारमा गोजमुमो बिमल खेमाको सभा सन्चबीर लेप्चाको सभापतित्वमा सम्पन्न भयो। सभामा रिम्बिक शाखाका संयोजक बाबुराम शर्मा , पुर्ण प्रसाद शर्मा साथै गोजमुमो रिम्बिक शाखाका कर्मठ सदस्य उदयमणि प्रधानले आ-आफ्नो मन्तव्य राखे। सभामा आउने दिनहरूको राजनीतिक रुपरेखा तय गर्ने काम गर्दै गुम्बाडाँडा प्रशाखाको निम्ति नारी एकाईबाट मन्जिता प्रधान र सुरेखा प्रधानलाई प्रशाखा संयोजिकाको रूपमा चयन गरियो। सभामा रिम्बिक शाखाका संयोजिका सिमा लेप्चा अनि कर्मठ सदस्य दिनेश छेत्रीको पनि विशेष उपस्थित रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *