दार्जिलिङ (निसं) : रुपियाँ-पैसाको बलमा दुई-चार जना सभासद र नगर पार्षदहरूलाई किने भनेर खुशी नमनाउँदा हुन्छ किनभने स्वाभिमान बेचुवाहरूको भरोसा हुँदैन भन्दै हाम्रो पार्टीको युवा एकाई कार्यकर्ता कुङगा हिस्से लामाले बताए। गणतन्त्रको हनन, निर्वाचित जन प्रतिनिधिहरूलाई रुपियाँ पैसाको बलमा किनबेच गर्ने आदि जस्ता कार्यहरूको विरोधमा गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अघिदेखि दार्जिलिङको क्यापिटल हल परिसरमा महिना ब्यापी विरोध कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। हिज बुधबार दार्जिलिङ नगरपालिकाको फ्लोर टेस्टलाई ध्यानमा राख्दै प्रशासनले नगरपालिका परिसरमा धारा 144 जारी गरेको हुनाले गोर्खा स्वाभिमान सङ्घर्षले कानूनलाई शीरोपर राखेर उक्त एकदिन कार्यक्रमलाई स्थगित गरेको थियो। आज कार्यक्रमलाई सम्बोधन गर्दै तिनले भने, हाम्रो पार्टी भनेको जनताको पार्टी हो। यो जनताको सेवा गर्नको लागि गठन भएको हो। त्यसकारण हाम्रो पार्टीले जनतालाई मर्का पुऱ्याउने कार्य कदापि गर्नेछैन भन्ने हाम्रो पार्टीले अघिबाट नै भन्दै आइरहेको छ। गोर्खा जाति हितको लागि सङ्घर्षमा हाम्रो पार्टी कान्छो भाइ भएर रहनेछ अनि गोर्खा जातीय हितको पक्षमा सबै एकबद्ध हुनपर्छ भन्ने हाम्रो पार्टीको अडान स्पष्ट रहेको पनि तिनले बताए। आज तेस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो पार्टीको युवा एकाई कार्यकर्ता कुङगा हिस्से लामाले भने, रुपियाँ पैसाको प्रलोभनमा आफ्नो स्वभिमान बेच्नेहरूको कुनै ग्यारेन्टी हुँदैन। यस्ता स्वभिमान बेचुवाहरूले तिम्रो घर अर्थात पार्टीमा पनि पैह्रो ल्याउन सक्छ भन्दै लाखेस् गराए। पहाडको जनता स्वभिमानी छ, ती नेताहरू जस्तो जनताले आफ्नो स्वभिमान बेच्न सक्दैन किनभने जनता अझ पनि छुटटै राज्य गोर्खाल्याण्डको मुद्दाप्रति ईमान्दार छ। तर रूपियाँ पैसाको बलमा निर्वाचित सभासद र नगरपार्षदहरू किन्नेले गोर्खाल्याण्डको ‘ग’ समेत उच्चारण गर्न सक्दैन। रूपियाँ पैसाको बलमा निर्वाचित जन प्रतिनिधिहरूलाई किनेर गोर्खाल्याण्डको मार्गमा बाधा उत्पन्न गर्ने काम गर्दैछ भनि तिनले आरोप लगाए। आजको कार्यक्रमलाई अन्य कार्यकर्ताहरूले पनि सम्बोधन गरे।