सब्जीहरूको आडमा गाई-गोरूको तस्करी, 2 जना पक्राउ

खोरीबारी (निसं): सब्जीको आडमा गाई-गोरूहरूको तस्करीको कालो बजार पुलिसले खुलासा गरेको छ। पुलिसले खोरीबारीको चक्कर मारीमा अभियान चलाएर 29 वटा गाई-गोरू उद्धार गरेको छ। यसको साथै दुई जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा गोलाप हसन र हमीदर रहमान, दक्षिण दिनाजपुर जिल्ला निवासी हुन्।
सूत्र अनुसार, बंगाल-बिहार सीमान्त इलाकाको खोरीबारी चक्कर मारीमा पुलिसले बिहिबार गाई गोरूहरू बोकेको एउटा लरीलाई जफत गरेको छ। उक्त लरीमा गाई गोरूहरू बिहारबाट सिलगढी तर्फ लगिरहेको थियो। गाई-गोरूबारे सम्बन्धित वैध कागज पत्र देखाउन नसकेपछि पुलिसले 2 जना तस्करलाई पक्राउ गरेको बताइएको छ। उक्त लरीबाट 29 वटा गाई गोरूहरू उद्धार गरेको छ। यसको साथै पक्रा पर्ने तस्करहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom