पोख्रेबुङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नागरी धजे, पोख्रेबुङ चामोङ, सुखिया मानेभञ्ज्याङ समष्टिको संयुक्त पहलमा आज पोख्रेबुङ बजारमा एउटा विराट जनसभाको आयोजना गरियो। सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, आफ्नो मुद्दा रोजगार हो, अनित थापाको सोँचलाई स्वीकार गरेर हामीलाई सत्तामा राख्नु भएको दुई महिनाको अवधिमा रोजगार दिने प्रावधान खोलेको हुनेछु। रोजगारको समस्याको समाधान गर्नेछु। तिनले अझ भने, नेताको भिजन अनि मिशनलाई जनताले स्वीकार गर्छ। मेरो भिजन नानीहरूले नौकरी पाओस् भन्ने हो। मेरो मुद्दा नै रोजगार हो। पहाड बेरोजगारले ग्रस्त छ। भोलेन्टरी शिक्षकको मर्का कसले बुझ्ने? अनित थापा सरकारसित मिलेको छ, उसलाई भोट दिनु हुँदैन भन्नु हुन्छ होला। त्यो तपाईंको विचार हो। तर जबसम्म हामी बङ्गाल भित्र छौँ तबसम्म हामीले बङ्गाल सरकारसित मिलेर नै काम गर्नुपर्छ। सरकारसित मिलेर काम गर्नुपर्ने कुरा अहिले सबै पार्टीले स्वीकार गरिसकेको छ। अस्पताल बनाउने, बाटो बनाउने, पानी दिने बंगाल सरकार नै हो। जीटीए-को विरोध गर्नेहरूलाई कटाक्ष गर्दै तिनले भने, हामीलाई थाहा नै थिएन किन डीजीएससी ठिक थिएन भनेर। जीटीए आयो। 5 वर्ष बाद फेरि नेताले जीटीए ठीक छैन भन्यो। हामी फेरि ठिक छैन को पछि लाग्यौ। 2017- मा मेरो आँखा खुल्यो। ठिक छ र छैन-को भावनात्मक खेल बुझे। हामीले बङ्गालीलाई गाली गर्यौ भने गोर्खाले हामीलाई भोट दिन्छ भन्ने 86 देखिको मानसिकता आज पनि पहाडको नेताहरूमा रहेछ। यस्तो संस्कार गोर्खा राजनीतिमा असल संकेत होइन भन्दै तिनले फेरि पनि पहाडलाई ज्वालामा हाल्ने प्रयास चल्दैछ भन्ने संकेत पाएको छु भनी बताए। पहाडलाई फियर फ्रि बनाउने मान्छे यो अनित थापा अनि उसको समूहले बनाएको हो। सरकारले पहाडमा चुनाउ गराउने मन बनाएको बेलामा नेताहरूले जनतालाई सम्झाउनुको साटो उक्साउँदैछ। म जीटीए-को सभासद पनि भए, उपाध्यक्ष पनि भए, अध्यक्ष पनि भए। अब के हुनु? मलाई कुर्सी होइन ढुक्कसँग पहाडको हक अनि अधिकारको निम्ति काम गर्ने इच्छा छ। गोर्खाल्याण्ड अनि अहिले चलिरहेको विभिन्न गोर्खाल्याण्ड सम्बन्धी कार्यक्रममाथि तिनले भने, गोर्खालाई गोर्खाल्याण्ड चाहिन्छ भनेर सबैलाई थाहा छ। सेमिनार दिल्लीमा गरौँ। अनशन दिल्लीमा बसौँ। अब पहाड कहिले बन्द हुने छैन। कमान कहिले बन्द हुने छैन। व्यापार बन्द हुने छैन। एउटा भूलले गर्दा पहाड अस्त व्यस्त हुनु दिने छुइनँ। राज्यले पर्जा पट्टा दिन्छ तर त्यहीँ राज्यको विरोध गर्नु हामीलाई उचाल्छ। अन्त हाम्रो समस्या कसरी समाधान हुन्छ? पहाड शान्ति भयो अब पहाडलाई सिस्टेमेटिक पहाड बनाउनु छ।
सत्तामा आएको दुई महिनाको अवधिमा रोजगारको प्रावधान खोल्नेछु : अनित थापा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
