सेभोक बस दुर्घटनामा धेरैजना घाइते

सिलगढी : सिलगढीदेखि जयगाउँ गइरहेको एउटा बस सेभोकमा अन्यन्त्रित भएर सडक किनारको एउटा रुखसँग ठोक्किँदा दुर्घटनाग्रस्त हुँदा धेरैजना यात्रीहरू घाइते भएका छन्। घाइतेहरूमध्ये तीनजनाको स्थिति सोचनीय रहेको बताइएको छ। घटनाक्रमअनुसार आज बिहान यात्रुहरूले भरिएको एउटा बस सिलगढीदेखि जयगाउँ गइरहेको समय राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने सेभोक क्षेत्रमा अनियन्त्रित भएर सोझै सडक किनारमा रहेको एउटा रुखसँग सोझै ठोक्किन पुग्यो। उक्त दुर्घटनामा कसैको ज्यान नगए तापनि बसमा सवार रहेका धेरैजना यात्रुहरू घाइते भएका छन्। दुर्घटनाको खबर पाएर तत्कालै सेभोक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा उपचारको लागि पठाएको छ। प्रारम्भिक जाँचअनुसार वाहन अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom