दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको नेतृत्वमा प्रतिनिधि टोलीले गत 26 नोभेम्बरको दिन कोलकातामा श्रम मन्त्री बेचाराम मन्नासँग भेट गरेर पहाडको श्रमिकहरूको विभिन्न समस्याहरूबारे अवगत गराउँदै ती समस्याहरूको यथाशिघ्र समाधान गरिनुपर्ने अनुरोध गर्दा चाँडै पहाड आएर यसको निरीक्षण गरेर समाधान गरिदिने आश्वासन दिएका थिए। त्यही वचनलाई पुरा गर्दै मन्त्री बेञ्चाराम मन्ना अहिले दार्जिलिङ भ्रमणमा आइपुगेका छन्। आज गोजमुमो समर्थित श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेसेन लेबर युनियनका अध्यक्ष सुरज सुब्बाको अगुवाईमा मन्त्री बेचारामले स्थलगत भ्रमण गर्दै गिङ चियाकमान पुगेका थिए। श्रमिक संगठनका प्रतिनिधि एवम् गोजमुमोका स्थानीय प्रतिनिधिहरूद्वारा तिनलाई स्वागत जनाइयो भने गिङ चियाकमानको निरीक्षण गर्दै प्रबन्धकको बङ्लोमा केही समय बिताएर मोर्चा प्रतिनिधिहरूसँग भला कुसारी गरे। यस अवसरमा डीटीडीपीएलयु अध्यक्ष सुरज सुब्बा, सचिव मिलन तामाङ, विद्यार्थी मोर्चा अध्यक्ष देवेन्द्र लिम्बु, गिङ चिया कमानबाट श्रमिक संगठनका अध्यक्ष विधान सुब्बा, ललित राई, मणिलाल तामाङ, अनुप सुब्बा, संजय गुरुङ, लेबोङ भेल्ली युवा मोर्चा अध्यक्ष निश्चल तामाङ पनि उपस्थित थिए।
श्रम मन्त्री बेचाराम मन्नाले दार्जिलिङको गिङ चिया कमानको गरे स्थलगत निरीक्षण

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
