स्रष्टा संगमको चौथो वार्षिक सम्मेलन 9 र 10 फरवरी गान्तोकमा हुने

रम्फु (निसं): भारतीय नेपाली भाषी स्रष्टाहरूको साझा मञ्च स्रष्टा संगमको चौथो वार्षिक सम्मेलन गान्तोकमा सम्पन्न हुने भएको छ। उक्त चौथो वार्षिक सम्मेलनको लागि आज पूर्व सिक्किमको रम्फुमा एउटा सभा स्रष्टा संगमका अध्यक्ष रवि रोदनको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई सचिव हनोक थापाले सञ्चालन गरेका थिए भने एल्डर राजु राईको प्रार्थनाद्वारा सभा शुरू गरियो। सभामा चौथो वार्षिक सम्मेलनको लागि विभिन्न विषयहरूमा चर्चा परिचर्चा गर्दै दुई दिवसीय उक्त कार्यक्रममा विभिन्न साहित्यिक विषयहरूमा विमर्श राखिने साथै दोस्रो दिन क्रिएटिभ राइटिङमाथि वर्कशपको पनि आयोजना गरिने निर्णय लिइयो। स्रष्टा संगमको प्रत्येक वार्षिक सम्मेलनमा स्रष्टाहरूलाई सम्मानित गर्ने गरिन्छ। यसै क्रममा यसपाली स्रष्टा संगमद्वारा दुईजना स्रष्टाहरू क्रमैले रेभरेन्ट डा. छत्र सुब्बा पावल र कथाकार क्यामुना प्रधानलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिने सभामा निर्णय लिएको छ।


यसैगरी, पहिलो शशिप्रभा स्मृति पुरस्कार प्रापक कथाकार सन्ध्या आचार्यलाई पनि स्रष्टा संगमद्वारा अभिनन्दन गरिने निर्णय लिएको छ। उक्त दुई दिवसीय साहित्यिक कार्यक्रममा स्रष्टा संगमको चौथो वार्षिक साधारण सभा साथै चुनाउ मार्फत् नयाँ कमिटी गठन गरिने भएको छ। यसको साथै भावी दिनको कार्यक्रमहरू पनि तय गरिने सभाले निर्णय लिएको छ। सभाको निर्णय अनुसार दुई दिवसीय कार्यक्रममा श्रोत वक्ताको रूपमा वरिष्ठ साहित्यकार सलोन कार्थक, रेभरेन्ट छत्र सुब्बा पावल, प्राध्यापक मेहेरमान सुब्बा, पास्टर रमेश लामा, डा. चित्र कौशिक, एल्डर राजु राई लगायत अन्य उपस्थित रहनेछन्। उक्त सभा एल्डर एसके प्रधानको अन्तिम प्रार्थनाद्वारा समाप्त गरियो। आजको सभा र आगामी 9 र 10 फरवरी 2024-मा हुने दुई दिवसीय कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्रष्टा संगमको सभापति रवि रोदन र सचिव हनोक थापाले विस्तृत रूपमा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel giriş