शिक्षक रमेश गजमेरलाई पर्यावरण संरक्षण राष्ट्रिय पुरस्कार

सिलगढी (निसं): दुर्लभ हिमालयन सालामन्डर संरक्षण, पर्यावरण संरक्षणको दिशामा लामो समयदेखि समर्पित भएर कार्य गरिरहेका शिक्षक रमेश गजमेरलाई राष्ट्रिय पर्यावरण संरक्षण पुरस्कार प्राप्त भएको छ। भारतीय कर्मचारी कल्याण संगठन नयाँ दिल्ली अनि महाराष्ट्रद्वारा सिलगढीमा आयोजित पाँचौ राष्ट्रीय पुरस्कार वितरण समरोहमा डा. बाजीराव प्रकाशको बाहुलीबाट तिनलाई उक्त राष्ट्रिय पर्यावरण संरक्षण पुरस्कार प्रदान गरियो।
अराजनैतिक संस्था नेचर एण्ड ईन्भाइरोमेन्ट प्रोटेक्सन एक्टिभिस्ट प्रमुख रमेश गजमेरले 1998 देखि निरन्तर रुपमा हिमालयन सालामन्डरको संरक्षण, पर्यावरण सचेतना,प्लास्टिक प्रदुषणको दिशामा कार्य गर्दै आइरहेका छन। तिनले सालामन्डरको 26 वटा प्राकृतिक वासस्थान चिन्हित गरेका छन् भने सिमधाप, सालामन्डर अनि मिरिक झील संरक्षण गरिनु पर्छ भन्दै चारजना सहयोगीहरुसित मिरिक झील परिसरमा 24 घण्टाव्यापी भोक हडताल बसेर सरकारको ध्यानाकर्षण गर्न खोज्ने तिनी पहिलो व्याक्ति हुन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom