सिक्किममा गाईको गोठसहित 90 वर्षीय गौपालक नदीले बगाएर निखोज

गान्तोक (निसं): गत राति परेको अत्याधिक पानीले नदीको जलस्तर बढेपछि पश्चिम सिक्किममा नदीले गाईको गोठ सहित एकजना 90 वर्षीय व्यक्तिलाई बगाएर लगेको बताइएको छ। गत राति अधिक पानी परेकोले गर्दा सिक्किम राज्यको विभिन्न ठाउँमा नोक्सान पुऱ्याएको जानकारी प्राप्त भएको छ। यसैक्रममा, पश्चिम सिक्किमको रिम्बी नदीको जलस्तर बढेपछि 90 वर्षीय पशुपालक ऐश लाल लिम्बूलाई गाईको गोठसहित बगाएर लगेको बताइएको छ।


उक्त घटनाको खबर पाएपछि पुलिस एएसपी, एसएचओ गेजिङको नेतृत्वमा एउटा टीमले घटनास्थलमा पुगेर छानबिन शुरू गरेको छ। राति परेको अधिक वर्षाले पानीको जलस्तर बढेर जमिनको कटाउ भएपछि गाईको गोठसहित 90 वर्षीय गौपालकलाई पनि राति बगाएर लगेको पुलिस सूत्रले आशंका व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş