जोरथाङ: राज्यमा 2024 मा सम्पन्न हुने विधानसभा चुनाउ अघि फेरि उठ्यो लिम्बु र तामाङ सिट आरक्षणको माग। लिम्बु तामाङ भोलेन्टरी कमिटी (एलटीभीसी)-को आयोजनामा आज जोरथाङ, सिक्किममा एउटा विराट रेलीको आयोजना गरियो।
यस अवसरमा रेलीमा सामेल भएकाहरूले आउँदो वर्ष राज्यमा हुने विधान सभा चुनाउ अगावै सिक्किम विधानसभामा लिम्बु र तामाङ सिट आरक्षण गरिनु पर्ने माग गर्दै नाराबाजी गरे।