सिक्किममा फँसेका 30 जनालाई सकुशल ल्याइयो सिलगढी 

सिलगढी: सिक्किमको भयावह प्राकृतिक आपदामा फँसेका श्रमिक तथा पर्यटकहरू मिलाएर मोठ 30 जनालाई सिक्किम सरकारको सहयोगमा सिलगढी ल्याइपुर्‍याएको छ। गत राति सिक्किम परिवहनको एउटा बसमा सवार भएर त्यहाँ फँसेका 30 जना मानिसहरूलाई सिलगढी ल्याइपुर्‍याएको छ। सकुशल सिलगढी आइपुगेपछि ती मानिसहरूले राहतको श्वास फेरेका छन्। तथापि, हालसम्म पनि सबैको मुहारमा त्रास देखापरेको छ। तिनीहरूले उक्त भयावह प्राकृतिक आपदाको दृश्यलाई अझसम्म भुल्न सकेका छैनन्। अहिले पनि आँखा बन्द गर्दा तिनीहरूको आँखा अघि मंगलबार रातिको भयानक तस्विर आइरहेको तिनीहरूले बताए। प्राप्त जानकारी अनुसार उत्तर सिक्किममा फँसेकाहरूमध्ये केहीलाई सेनाका जवानहरूले हेलिकप्टरको सहयोगमा उद्धार गरेका थिए। सिक्किम परिवहनका बस चालकले बताएअनुसार सिक्किममा फँसेका 30 जना यात्रीलाई पहिलो चरणमा शुक्रबार राति सिलगढी ल्याइपुर्‍याएको छ। सडकको स्थिति धेरै ठाउँमा हालसम्म जोखिमपूर्ण रहेको छ। अहिले पनि धेरैजना मानिसहरू सिक्किममा फँसेका छन् भने तिनीहरूलाई अब बिस्तारैसितै सिलगढी ल्याइनेछ। स्मरण रहोस्, उत्तर सिक्किममा गत मंगलबार राति बाँध भत्केपछि टिस्टाको जलस्तर बढेर यसले पुर्‍याएको क्षय-क्षतिको भयावह दृश्यलाई तिनीहरूले अझसम्म भुल्न सकेका छैनन्। त्यहाँका मानिसहरू हालसम्म त्रासित छन्। सिक्किममा धेरैजना पर्यटकहरू फँसेका छन्। मोबाइल नेटवर्कको समस्याले गर्दा केही मानिसहरूले आफ्ना परिवारसित सम्पर्क गर्न सकेका छैनन्। तथापि, स्थिति केही सामान्य भएकोले गर्दा सिक्किम सरकारले त्यहाँ फँसेका केही पर्यटक तथा श्रमिकहरूलाई सिलगढी पठाउने व्यवस्था शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom