सिलगढी हैदरपाडास्थित एउटा भवनमा आगलागी

सिलगढी : सिलगढीको हैदरपाडास्थित मार्केट कम्प्लेक्सको विपरीतमा रहेको विजय चौखानीको एउटा बहुतले भवनमा आज साँझ अचानक आगलागीको घटना घट्यो। उक्त घटनापछि स्थानीय मानिसहरूमा आतङ्कको माहौल छाएको देखियो। उक्त आगलागीको घटनाबारे अग्निशमन विभागलाई जानकारी गराएपछि पाँचवटा इञ्जिनसहित दमकल कर्मीहरू घटनास्थलमा पुगेर लगभग एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। उक्त आगलागीको घटनामा घरको सर-समानहरू जलेर नष्ट भएको छ भने उक्त आगलागीमा मोठ के-कति सम्पत्तिको नोक्सान भयो भन्नेबारे हालसम्म सटीक आँकडा थाहा लागेको छैन। सम्भवतः शिवरात्रि पुजा गरेर घरमा बालेको दीयोबाट उक्त आगलागी भएको स्थानीय मानिसहरूको भनाइ रहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom