सिलगढीको लिटल एन्जल स्कुललाई मुम्बईको कार्यक्रममा अवार्ड

सिलगढी : सिलगढीकै एक प्रतिष्ठित शैक्षिक संस्थान लिटल एन्जल हायर सेकेन्डरी स्कुलले एडुकेसन वर्ल्डद्वारा आयोजित भारतको नम्बर एक बजट स्कुल र्‍याङकिङ 2020-मा दार्जिलिङ जिल्लाबाट पहिलो स्थान ओगटेको छ। प्राप्त जानकारीअनुसार एडुकेसन वर्ल्डद्वारा आयोजित मुम्बईमा आयोजित एउटा कार्यक्रमबीच गत 26 फरवरीको दिन सिलगढीको मिलन मोडस्थित लिटल एन्जल हायर सेकेन्डरी स्कुललाई भारतभरिकै नम्बर एक बजट स्कुल र्‍याङकिङ 2020 अन्तर्गत पश्चिम बंगालबाट छैटौँ अनि दार्जिलिङ जिल्लाबाट पहिलो स्थान घोषणा गरिनुको साथै स्कुल पक्षलाई कार्यक्रममा सम्मान जनाउँदै पुरस्कार प्रदान गरियो। यस कार्यक्रममा उपस्थित स्कुलका निर्देशक दीपक न्यौपाने अनि प्रिन्सिपल राधिका न्यौपानेले उक्त पुरस्कार ग्रहण गरे। उक्त स्कुलले प्राप्त गरेको प्रतिष्ठित पुरस्कारको निम्ति स्कुलका प्रिन्सिपल राधिका न्यौपानेले सम्पूर्ण शिक्षक-शिक्षिका वर्गलगायत विद्यार्थीहरू अनि तिनका अभिभावकहरूलाई यसको श्रेय दिएकी छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş