सिलगढी (निसं) सिलगढीको मतिगढास्थित लेक्सीकन मोड संलग्न एउटा बहुतले भवनमा प्लास्तर गर्नका लागि श्रमिकहरूले बाँसको ईस्ट्रकचर बाँधिरहेका थिए। यस अवधि हाई टेन्सन बिजुलीको तारले झट्का लाग्दा दुई जना श्रमिक दोस्रो तलाबाट सोझै मुनि जमिनमा झरेपछि तिनीहरू गम्भीर रूपमा घाइते भए। यसपछि तत्कालै तिनीहरूलाई गम्भीर घाइते अवस्थामा मतिगढाको एउटा गैर सरकारी अस्पतालमा पुऱ्याइयो, जहाँ चिकित्सकहरूले दुवै जनालाई मृत घोषित गरिदिएको बताइएको छ। मृतक श्रमिकहरू सुरेश बर्मन र संजीत दास हुन् भने तिनीहरू दुवै मतिगढाको राणा बस्ती इलाका निवासी थिए। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।
पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति दुवै जनाको मृत्यु भएपछि शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको थियो। आज पोस्टमार्टम पछि दुवै श्रमिकको परिवारलाई तिनीहरूको शव सुम्पिएको बताइएको छ। मतिगढा थाना पुलिसले अननेचरल डेथ अन्तर्गत मामिला दर्ता गरेर घटनाको जाँच शुरू गरेको बताइएको छ।
उक्त घटनालाई लिएर मृतक सुरेश बर्मनका जेठा छोराले बताए अनुसार हिज तिनका पिता एउटा बहुतले भवनमा काम गरिरहेको समय अचानक झरेर मृत्यु भएको बारे फोन मार्फत खबर पाए। उक्त दु:खको खबर सुनेपछि तिनका आमा रोएर बेहाल भइन्।तिनको घरमा मृतक पिता एक मात्र कमाई गर्ने व्याक्ति थिए।
North Bengal, Siliguri, Uncategorized
सिलगढीको मतिगढामा निर्माणाधिन बहुतले भवनबाट झरेर 2 जना श्रमिकको मृत्यु
02
Dec
Dec