सिलगढीमा 106 वर्षका वृद्धको निधन, ब्यान्ड बाजाको साथमा अन्तिम यात्रा

सिलगढी, 20 नोभेम्बर: सिलगढीमा 106 वर्षका एकजना वृद्धको निधन भएको छ। त्यसपछि परिवारका सदस्यहरूले उनको अनौठो अन्तिम यात्राको आयोजना गरे। आज ब्यान्ड-बाजाको साथमा वृद्धलाई अन्तिम विदाइ दिइयो। मङ्गलबार साँझ सिलगढीको दुर्गा नगर क्षेत्रका निवासी अयोध्या शाहको 106 वर्षको उमेरमा निधन भएको छ। जानकारी अनुसार, 106 वर्षको उमेरमा पनि वृद्ध आफै हिडडुल गर्थे। खाना खाने मेन्यु पनि सामान्य थियो। तर केही दिनअघि उनी सिडीबाट लडेर घाइते भएका थिए र त्यसपछि शारीरिक रूपमा उनी बिरामी हुन थाले।
परिवारका सदस्यले बताए अनुसार, उनको उमेर 106 वर्ष थियो, तर उनलाई बुढ्याइको सामान्य रोग समेत कहिल्यै लागेन। उनी शाकाहारी खाना खाने गर्थे र हरेक दिन बिहान कीर्तन पनि गर्थे। उनको मृत्युले इलाकाभरिमा शोकको माहोल फैलिएको छ। आज परिवार र गाउँका मानिसहरूले ब्यान्ड-बाजासँग अयोध्या शाहको अन्तिम यात्रा निकालेर उनको अन्तिम संस्कार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL