सिलगढीमा रङ्गारङ्ग कार्यक्रमको साथमा दुर्गा पुजा कार्निभल शुरू

सिलगढी : सिलगढीमा आज साँझ 5 बजीदेखि दुर्गा पुजा कार्निभल शुरू भएको छ। यसभन्दा अघि सिलगढीको हासमी चोकबाट कार्निभलको शोभायात्रा निकालेपछि महात्मा गाँधी मोडमा पुगेर समापन गरियो। यसपछि महात्मा गाँधी मोडमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्निभलमा सिलगढी सहरको 10 वटा क्लबले अंश ग्रहण गरेको छ। कार्निभल हेर्नको लागि हजारौँको संख्यामा मानिसहरू भेला भएका छन्। कार्निभललाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था अप्नाउनको साथै ठाउँ-ठाउँमा धेरै संख्यामा पुलिस वाहिनी तैनाथ गरिएको छ। यस अवसरमा जिल्लाशासक लगायत प्रशासनिक अधिकारी, नगरनिगमका मेयर तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet giriş