सिलगढीमा सन्तमाया फाउण्डेशनको उद्घाटन समारोह सम्पन्न, सामाजिक कार्यकर्ता रङ्गु सौरियालाई संवर्द्धना

खरसाङ (निसं): सन्तमाया फाउण्डेशनको उद्घाटन समारोह आज सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भयो। उक्त समारोह पूर्व एडीएम गोपाल लामाको अध्यक्षता तथा सामाजिक कार्यकर्ता एवम् कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिव रङ्गु सौरियाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। विगत एक वर्षदेखि विभिन्न सामाजिक सेवाको कार्य गर्दै आएको सन्तमाया फाउण्डेशनको उद्घाटन आज फाउण्डेशनका संस्थापक सञ्जित सापकोटाले आधिकारिक रूपमा गरे। फाउण्डेशनका संयोजक नोर्देन नोर्गे शेर्पाले स्वागत सम्भाषण राखेपछि कार्यक्रममा स्वागत गीत बिमल दर्नालले प्रस्तुत गरे। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पूर्व सांसद समन पाठक, पत्रकार एवम् कञ्जनजङ्घा उद्धार केन्द्रका प्रभात पाठक र चेतन गुरुङ, मानधिकार कालेबुङका सोनाम भूटिया लगायत अन्य उपस्थित थिए।


उक्त कार्यक्रममा सामाजिक कार्यकर्ता एवम् कञ्जनजङ्घा उद्धार केन्द्रकी सचिव रङ्गु सौरियालाई फाउण्डेशनका सभापति सञ्जित सापकोटा र समारोह अध्यक्ष गोपाल लामाको बाहुलीबाट खदार्पण गरेपछि शल ओढाएर संवर्द्धना पत्र प्रदान गरेर संवर्द्धना जनाइयो। उक्त सम्मान रङ्गु सौरिया, प्रभात पाठक र चेतन गुरुङले संयुक्त रूपमा ग्रहण गरेका थिए।  कार्यक्रममा सन्तमाया फाउण्डेशनको गठन, कार्यहरू र यसको मुख्य उद्देश्य विषयमा सभापति सञ्जीत सापकोटाले आफ्नो वक्तव्यमा बताए। कार्यक्रममा बिमल दर्नाल, आलोक चक्रवर्ती, बिनोद सुनाम आदिले गीत प्रस्तुत गरे। प्रमुख अतिथि रङ्गु सौरियाले आफ्नो सम्बोधनमा नारीको नाममा राखिएको नाम साह्रै राम्रो रहेको बताउँदै यो एनजीओले भविष्यमा पनि राम्रो कामहरू गर्ने आशा व्यक्त गरेकी छन्। कार्यक्रममा धन्यवाद ज्ञापन सचिव दानियल छिरिङ लामाले राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş