सिलगढी : गोर्खा संस्कृति तथा खान-पानबारे सिलगढीमा तीन दिने गोर्खा ट्र्याडिसनल एक्जिबिसन अर्थात् गोर्खा सांस्कृतिक प्रदर्शनीको आयोजना गरिने भएको छ। सिलगढीको जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाका सदस्यहरूले यसबारे जानकरी दिएका छन्। उक्त प्रदर्शनी आगामी 26 जनवरीदेखि 28 जनवरीसम्म सिलगढीको सेभोक रोडस्थित एउटा मलमा आयोजित गरिने भएको छ। उक्त प्रदर्शनीमा मोठ 60 वटा स्टल लगाइनेछ, जहाँ गोर्खा जातिको भोजन, भेष-भूषा तथा परम्परा दर्साइनेछ। यसको साथै विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएको छ।