मङ्पु : सिन्कोना बगानमा डाटा एन्ट्री अपरेटरको भर्ना विषयलाई लिएर टीएमसी पार्टीको युनियनले सिन्कोना निर्देशकसित भेट गरेको घण्टौं नबित्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टोलीले पनि सिन्कोना निर्देशकसित भेट गर्यो। दुवै पार्टीको विषय एउटै रहे तापनि अड़ानमा भने विभिन्नता देखिएको छ। डाटा एन्ट्री अपरेटरको भर्ना विषय एकदमै संवेदनशील ठान्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टोलीले आज निर्देशकसित भेट गरेर आफ्नो अड़ान स्पष्ट राखेको बताइएको छ। टोलीलाई प्रतिनिधित्व गर्ने युनियनका नेतृत्व अमृत खड़काले बताए अनुसार सिन्कोना बगान भित्रकै योग्य उम्मेद्वारलाई डाटा एन्ट्री अपरेटरको पदमा चयन गरिनुपर्ने सिन्कोना निर्देशक समक्ष माग राखेको छ। यसको साथै टोलीले अस्थायी श्रमिकहरूको हितमा पनि निर्देशकसित कुराकानी गरेको बताइएको छ। केही दिन अघि व्यवस्थापकको कार्यालयमा बसेको सभामा पनि स्थायीकरणकै माग गरेको तिनले ठोकुवा गर्दै यसको प्रमाण स्वरूप उक्त दिनको मिनट डाउनमा हेर्दा हुन्छ बताए। उक्त प्रतिनिधि टोलीमा युनियनका जयपति राई, किशन बुढाथोकी, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टिका शीर्ष नेतृत्वहरूमा संयोजिका चन्द्रकला राई, सभापति गगन राई, अनिल छेत्री, युवा शक्ति केन्द्रीय समितिबाट अनित खाती, युवा शक्ति खरसाङ महकुमा समितिका विज्ञेन मिश्र, समष्टि युवा शक्ति सभापति दिब्य प्रकाश बोम्जन, नारी शक्तिका बबी शेर्पा आदि सामेल थिए।
सिन्कोना बगानमा डाटा एन्ट्री अपरेटरको भर्ना विषयलाई लिएर भागोप्रमो-का टोलीले भेट गर्यो सिन्कोना निर्देशकसित

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
