सिटोङ क्षेत्रमा जल जीवन मिशन अन्तर्गत हर घर जल परियोजनाको सांसद राजु विष्टले गरे शिलान्यास

सिटोङ : खरसाङ महकुमाको महलदिराम चिया बगान, महलदिराम वन बस्ती र लाटपञ्चर वन बस्तीका मानिसहरूको लागि सिटोङ क्षेत्रमा जल जीवन मिशन अन्तर्गत “हर घर जल” परियोजनाको लागि दार्जिलिङका सांसद राजु विष्टले आधारशीला राखे। यस अवसरमा तिनले सिटोङ-लाटपञ्चर क्षेत्रका विभिन्न इलाकाहरूमा गएर जनतासँग आफ्नो हस्तक्षेप आवश्यक रहेका विषयहरूमाथि पनि छलफल गरे। तिनले जारी विज्ञप्तिमार्फत जनाए अनुसार, हर घर जल योजनाअन्तर्गत केन्द्रीय सरकारले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रमा 714 परियोजनाहरूका लागि रु.2,450 करोड़भन्दा धेरै आवन्टित गरेको छ। दार्जिलिङ पहाड़का ग्रामीण क्षेत्रहरूका लागि केन्द्रीय सरकारले 284 परियोजनाहरूका लागि रु.1,070 करोड़ आवन्टित गरेको छ अनि कालेबुङका ग्रामीण क्षेत्रमा 146 परियोजनाहरूको लागि रु. 518 करोड़ रुपियाँ आवन्टित गरेको बताइएको छ। यसको अतिरिक्त केन्द्र सरकारले दार्जिलिङ नगरपालिकाको लागि रु. 205 करोड़, मिरिक नगरपालिकाका लागि रु.200 करोड़, कालेबुङ नगरपालिकाको लागि रु.193 करोड अनि सिलगढ़ी नगरपालिकाको लागि रु. 785 करोड़ आवन्टित गरेको छ।


सांसद राजु विष्टले बताए अनुसार हरेक घरमा पिउने पानी उपलब्ध गराउने यो राम्रो अवसर हामीसँग छ। परियोजनाको उचित ढंगले कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी हामी सबैमाथि छ। यो परियोजना कार्यान्वयनसँग सम्बद्ध सबैजनालाई कोषको 100 % उपयोग सुनिश्चित गर्न अनि आगामी पुश्तौंसम्म जनताको सेवा गर्ने दिगो परियोजनाहरूको निर्माण गर्ने तिनले अनुरोध गरेका छन्। तिनले अझ भने, हामीले सुनिश्चित गर्नु पर्दछ, भ्रष्टाचारी नेताहरू, अधिकारीहरू अनि ठेकादारहरूले यो सरकारी कोषको दुरुपयोग नगरुन्। भ्रष्टाचारमा लिप्त हुनेहरूलाई म चेताउनी दिन्छु केन्द्रीय सरकारले क्षेत्रमा भ्रष्टाचारलाई हल्का ढंगले लिन बन्द गरेको छ अनि भ्रष्टाचारमा संलिप्तहरू विरुद्ध कड़ाभन्दा कड़ा कार्यवाही गर्नेछ। जन-कल्याणको लागि प्रदान गरिएको सरकारी कोषले आफ्नै भकारी भर्नुको साटो तिनीहरूले भ्रष्टाचार छोड़ेर आफ्नो बानी-बेहोरा सुधार्नु पर्ने अझ पनि समय छ। आजको कार्यक्रममा क्षेत्रका विभिन्न पार्टीका नेता र कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom