सीटु-द्वारा भोलि जेल भरौँ आन्दोलन

सिलगढी : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आगामी 6 मार्च 2020-को दिन दार्जिलिङ जिल्ला सिटु-द्वारा सिलगढीमा जेल भरौं आन्दोलन गर्ने कार्यक्रम रहेको छ। यसबारेमा दार्जिलिङ जिल्ला सीटु नेता समन पाठकले जानकारी दिएका छन्। तिनले दिएको जानकारीअनुसार आगामी अन्तर्राष्ट्रिय महिला दिवसको दिन दार्जिलिङ जिल्लाको सीटु महिला कार्यकर्ताहरूले सिलगढीको महकुमा शासक कार्यालय अघिल्तिर धरना प्रदर्शन गर्दै जेल भरौँ आन्दोलन गर्ने भएको छ। उक्त दिन अपरान्ह 3 बजेर 30 मिनटमा एयरभ्युदेखि एउटा सीटु महिला कार्यकर्ताहरूले विक्षोभ र्‍यालीको पनि आयोजना गरेर सहरका विभिन्न पथहरूको परिक्रमा गर्दै अन्तमा महकुमा शासक कार्यालयमा पुगेर जेल भरौँ आन्दोलनमा परिणत हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *