स्प्रीङ साइड चियाबारीमा मन्दिरको उद्घाटन

खरसाङ : खरसाङको स्प्रीङ साइड चियाबारी अन्तर्गत लाइनधुरामा अवस्थित महारानी बुड़ी बोज्यु नाग देवी मन्दिरको विधिवत् उद्घाटन गरियो। पण्डित लक्ष्मी प्रसाद ढकालद्वारा वैदिक मन्त्रोच्चारण गरेर अनि यसै मन्दिरकी पुजारी गुरूमा शशी प्रधानले प्रथम प्रवेश गरेपछि वृद्ध स्याक्तु लामाले नरिवल फुटाएर नवनिर्मित मन्दिरको उद्घाटन गरियो।


माता शीतला देवी मन्दिर नजिक रहेको उक्त बुड़ी बोज्यु मन्दिर उद्घाटन समारोहमा स्थानीयहरू लगायत खरसाङ शहर क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रमको दोस्रो चरणमा यस मन्दिर निर्माण गर्न सहयोग पुऱ्याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै एउटा सम्मान कार्यक्रम शीतला देवी मन्दिर परिसरमा आयोजना गरियो। आउँदो शनिवारदेखि यस शीतला देवी मन्दिरमा तीन दिवसीय भव्य पूजा सम्पन्न गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş