स्विट्जरल्यान्ड गोल्ड, युएस डलर सहित 2 जना तस्कर पक्राउ

सिलगढी (निसं): गोप्य सूचनाको आधारमा डीआरआई सिलगढी युनिटको टीमले लाखौँ रुपियाँको विदेशी सुनको बिस्कुट सहित 2 जना तस्करलाई पक्राउ गर्नको साथै युएस डलर पनि उद्धार गरेको छ। पक्रा परेकाहरूमा रकी बर्मन (35) र कञ्चन भट्टाचार्य सामेल छन् भने तिनीहरू दुवै आसनसोल निवासी हुन्। प्राप्त जानकारी अनुसार स्विट्जरल्यान्ड मार्किङ सुन लिएर जयगाउँबाट सिलगढी हुँदै सम्भवत आसनसोलमा तस्करी गर्नको लागि लगिरहेको थियो। गोप्य सूचनाको आधारमा डीआरआईको टीमले गत राति पानीकौरी टोल प्लाजा नजिक अभियान चलाएर एउटा यात्री वाहक बस रोकेर छानबीन गर्दा 2 जना युवकमाथि सन्देह लागेपछि तिनीहरूलाई बसबाट निकालेर छानबीन गरियो। छानबीन अवधि 51 पीस स्विट्जरल्याण्ड मार्किङ भएको सुनको बिस्कुट उद्धार गरेपछि डीआरआईले यसको वैध कागजपत्र माग्दा तिनीहरूले सो देखाउन सकेनन्। डीआरआईले तिनीहरूबाट 2 हजार 500 युएस डलर पनि उद्धार गरेको छ। उद्धार भएको सुनको बिस्कुटको मूल्य 60 लाख 2 हजार 700 रुपियाँ रहेको छ भने 2 हजार 500 युएस डलरको भारतीय करेन्सीमा 2 लाख 9 हजार 750 रुपियाँ रहेको डीआरआई सूत्रले जनाएको छ। पक्रा परेका दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि अदालतले दुवैलाई लोकल सिक्योरिटीको आधारमा जमानत याचिका स्वीकार गर्नको साथै सुनवाईको अघिल्लो तारिक पनि तय गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom