खरसाङ: खरसाङ विधान सभा समष्टी अन्तर्गत पर्ने तकदाह टिस्टाभेल्ली समष्टिबाट आज पनि धेरै जनाले निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाएका छन्। आगामी जीटीए चुनाउको लागि तकदाह टिस्टाभेल्ली समष्टिबाट आज नामाङ्कन भर्ने अन्तिम दिनमा निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाउनेहरूमा टिस्टा भेल्लीबाट शिक्षक सामदेन लामा र पुरण सुब्बा, पुबोङबाट आनन्द गुरुङ, नामरिङ चियाबारीका कवि तथा समाजसेवक योगेश मुक्सु राई, गेल चियाबारीबाट बिनोद योञ्जन आदि सामेल छन्।
स्मरण रहोस, यसभन्दा अघि तकदाह टिस्टा भेल्ली समष्टीबाट नै हिजो खरसाङ महकुमा शासक कार्यालयमा पुगेर टिस्टाभेल्लीका शिक्षक सागर राई तथा प्रमोद छेत्रीले पनि निर्दलीय प्रार्थीका रूपमा नामाङ्कन पत्र बुझाइ सकेका छन्। यसवाहेक, टिस्टाभेल्ली निवासी हाम्रो पार्टीका प्रार्थी प्रवल तामाङले पनि आज तकदाह टिस्टाभेल्ली समष्टीबाट आफ्ना समर्थकहरूसितै खरसाङ महकुमा शासक कार्यालयमा पुगेर नामाङ्कन पत्र बुझाएका छन्। यसरी हेर्दा, आउँदो जीटीए चुनाउमा विशेष गरेर तकदाह टिस्टाभेल्ली समष्टीबाट मात्र 7 जना निर्दलीय उम्मेद्वारहरूले नामाङ्कन भरेका छन्।