टीएमसी र कङ्ग्रेसमाझ चुनावी समझौता हुने साथै दार्जिलिङबाट कङ्ग्रेसले टिकट पाउने सम्भावना : बिनय तामाङ

खरसाङ (निसं): बंगाल साथै पहाडमा कङ्ग्रेस पार्टी र तृणमूल कङ्ग्रेसमाझ एलायन्सको लागि हाल उच्च स्तरमा कुराकानी भइरहेको र यदि एलायन्स भए दार्जिलिङ संसदीय सीट कङ्ग्रेसले नै पाउने राज्य कङ्ग्रेस महासचिव बिनय तामाङले बताएका छन्। खरसाङमा आज पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै तिनले भने, कङ्ग्रेस र तृणमूल एलायन्स भयो भने राम्रो हुने कारण भाजपाको विरोधी दलहरू एक भएको राम्रो हो अनि अहिलेसम्म सबै पार्टीहरू एक गठबन्धनमा रहेर चुनाउ लड्ने कुरामा चर्चा भइरहेको छ। तिनले तृणमूल कङ्ग्रेसबाट राम्रो शुभ संकेत आएपछि चुनाउ गठबन्धन विषयमा उच्च स्तरमा कुराकानी भइरहेको बताउँदै हिजो पनि भर्चुअल सभा हुँदा आफुले दार्जीलिङ पहाड़ र डुवर्सको विषयमा आफ्नो टेक राखेको बताएका छन्। बिनय तामाङले कङ्ग्रेसबाट टिकट पाउने विषयमा सोधिएको प्रश्नको उत्तरमा टिकटको आशा त नगरेको तर पार्टीको संविधान, आचार संहिता र अनुशासनमा रहेर बस्नुपर्छ अनि पार्टीको उच्च स्तरबाट मलाई दार्जीलिङ संसदीय क्षेत्रका जनताको सेवा गर्नुपर्छ भनेर टिकट दिएको खण्डमा स्वीकार्य हुने पनि बताएका छन्। उनले यस विषयमा धेरै सूत्रबाट प्रवल सम्भावना रहेको पनि बताएका छन्। यदि तृणमूलसित चुनावी समझौता नभए कङ्ग्रेसले आफ्नै बुतामा चुनाउ लड्ने पनि बिनय तामाङले पत्रकारहरूलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *