खरसाङ (निसं): बंगाल साथै पहाडमा कङ्ग्रेस पार्टी र तृणमूल कङ्ग्रेसमाझ एलायन्सको लागि हाल उच्च स्तरमा कुराकानी भइरहेको र यदि एलायन्स भए दार्जिलिङ संसदीय सीट कङ्ग्रेसले नै पाउने राज्य कङ्ग्रेस महासचिव बिनय तामाङले बताएका छन्। खरसाङमा आज पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै तिनले भने, कङ्ग्रेस र तृणमूल एलायन्स भयो भने राम्रो हुने कारण भाजपाको विरोधी दलहरू एक भएको राम्रो हो अनि अहिलेसम्म सबै पार्टीहरू एक गठबन्धनमा रहेर चुनाउ लड्ने कुरामा चर्चा भइरहेको छ। तिनले तृणमूल कङ्ग्रेसबाट राम्रो शुभ संकेत आएपछि चुनाउ गठबन्धन विषयमा उच्च स्तरमा कुराकानी भइरहेको बताउँदै हिजो पनि भर्चुअल सभा हुँदा आफुले दार्जीलिङ पहाड़ र डुवर्सको विषयमा आफ्नो टेक राखेको बताएका छन्। बिनय तामाङले कङ्ग्रेसबाट टिकट पाउने विषयमा सोधिएको प्रश्नको उत्तरमा टिकटको आशा त नगरेको तर पार्टीको संविधान, आचार संहिता र अनुशासनमा रहेर बस्नुपर्छ अनि पार्टीको उच्च स्तरबाट मलाई दार्जीलिङ संसदीय क्षेत्रका जनताको सेवा गर्नुपर्छ भनेर टिकट दिएको खण्डमा स्वीकार्य हुने पनि बताएका छन्। उनले यस विषयमा धेरै सूत्रबाट प्रवल सम्भावना रहेको पनि बताएका छन्। यदि तृणमूलसित चुनावी समझौता नभए कङ्ग्रेसले आफ्नै बुतामा चुनाउ लड्ने पनि बिनय तामाङले पत्रकारहरूलाई जानकारी दिएका छन्।
टीएमसी र कङ्ग्रेसमाझ चुनावी समझौता हुने साथै दार्जिलिङबाट कङ्ग्रेसले टिकट पाउने सम्भावना : बिनय तामाङ

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
