टिस्टा भेल्लीका 35 परिवार गोजमुमो विनय खेमामा सामेल

टिस्टा भेल्ली : तकदाह-टिस्टा भेल्ली समष्टि अन्तर्गत पर्ने टिस्टा भेल्ली कालीटारका 35 परिवारले गोजमुमो बिमल खेमा त्यागेर नयाँ सोँच, नयाँ विचारलाई आत्मसात गर्दै डेन्डुप पाख्रीनको नेतृत्वलाई मन पराएर गोजमुमो विनय खेमालाई समर्थन जनाए। तकदाह- टिस्टा भेल्ली समष्टिका अध्यक्ष डेन्डुप पाख्रीनको बाहुलीबाट तिनीहरूलाई पार्टीको झण्डा प्रदान गरियो।


पार्टीमा सामेल हुनेहरूले बताएअनुसार बिमल गुरूङले भावनात्मक रूपमा आफूहरूलाई विभिन्न प्रलोभन देखाउनको साथै गोर्खाल्याण्डको सपना देखाए तर तिनले केही गर्न नसकेर पहाड, तराई, डुवर्सका जनतालाई धोका दिएको आरोप लगाए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *