तिहारपछि एकीकृत कर्मचारी सङ्गठन खरसाङ महकुमा समिति पुनः गठन गरिने

मिरिक : एकीकृत कर्मचारी सङ्गठन खरसाङ महकुमामा दिपावाली (तिहार) पछि पुनर्गठन गरिने भएको छ। दिपावली अर्थात् तिहारपछि खरसाङमा एकीकृत कर्मचारी संगठनको एउटा सभाको आयोजना गरेर एकीकृत कर्मचारी सङ्गठन खरसाङ महकुमा समितिको पुनः गठन गरिने भएको छ। खरसाङमा धेरै सदस्यहरू दुविधामा परिरहेकोले तिनीहरूलाई समेटेर एकीकृत गराउने केन्द्रीय कमिटी वर्किङ प्रेसिडेन्ट दिलीप सिंहलाई संयोजक अनि मनोज छेत्रीलाई सहयोगी संयोजकको जिम्मेवारी सुम्पेको केन्द्रीय महासचिव देवप्रकाश खवासले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *