तीन वर्षदेखि कुड्की भएको बिमल खेमाका घरहरूको आजदेखि खोलियो ताला

मिरिक : राज्य सरकारसित सम्झौता गरेपछि गोजमुमो एक मिरिक महकुमा समितिको नेतृत्वमा आज तीन वर्षदेखि कुड्कीमा पार्टीका विभिन्न सदस्यहरूको घरको ताला खोलियो। तिनले गणतन्त्र पुनर्बहाली भएकोमा हर्ष प्रकट गर्दै आज मिरिक वार्ड नम्बर एकका पूर्व सभासद अरुण घिसिङ, वार्ड नम्बर आठका श्रीमती बबिता प्रधान, गोपालधाराका रमेस गुरुङ, नोल डाँडाका पूर्णसिंह राईको घरको ताला खोलिएको बताए। तीन वर्षदेखि बन्द रहेको घरको अवस्था सोचनीय रहेकोले यसको सर-सफाई रङ लगाउन आधिकारिक नरहे तापनि पार्टीगत रूपमा तालाचाबी खोलिने अभियान चलाएको 23 नम्बर समष्टि संयोजक राजीब राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *