मिरिक: पार्टीको निर्देशबिनै चुनाउमा नामाङ्कन भर्ने उम्मेद्वारहरूलाई हिल्स तृणमूल कङ्ग्रेसले कार्वाही गरिने चेतावनी दिएको छ। आउँदो जीटीए चुनाउको निम्ति 45 आसनमध्ये केवल 10 वटा समष्टीबाट मात्र हिल्स तृणमूल कङ्ग्रेसले उम्मेद्वार दिएको पार्टीका चेयरम्यान एलबी राईले आज पत्रकारहरूलाई बताएका छन्। तथापि कतिपय समष्टिमा पार्टीभित्रकै केही कार्यकर्ताहरूले नामाङ्कन बुझाए तापनि तिनीहरू तृणमूल कङ्ग्रेसको उम्मेद्वार नरहेको कुरा तिनले स्पष्ट रूपमा बताएका छन्। पार्टीका कतिपय व्याक्तिहरूले पार्टीको निर्देश बिनै आफ्नै खुशीले निर्दलीय प्रार्थीका रूपमा नामाङ्कन पत्र बुझाएको बताउँदै आज बेलुकी नै आफूले पार्टी हाई कमाण्डसँग कुराकानी गरेर तिनीहरूको निम्ति के कार्वाही गरिनु पर्ने हाईकमाण्डको निर्देश अनुसार अघिल्लो कार्य गरिने बताएका छन्। निर्दलीय उम्मेद्वारको रूपमा खडा भएकाहरूलाई पार्टीले कहिले पनि मान्य ठहर नगर्ने तिनले बताएका छन्।